Welcome!

क्याम्पसको परिचय

दैलेख जिल्लाको सदरमुकामबाट पश्चिम लगभग ८ कोष टाढा क्षेत्र नं २ को दुल्लू नगरपालिकामा २०५९ सालमा यस क्याम्पसको स्थापना भएको हो । प्राचिन सिंजा राज्यको शीतकालीन राज्यको रुपमा परिचित तथा बाइसे चौविसे राज्य मध्यको एउटा बलियो राज्यको रुपमा स्थापित हुन सफल भएको यस दुल्लू क्षेत्रको प्राकृतिक तथा सांस्कृतिक दृष्टिकोणले छुट्टै पहिचान कायम भएको पाइन्छ । पंचकोशी तिर्थस्थलको यो क्षेत्रमा निरन्तर रुपमा ज्वाला बलेर झनै आकर्षण तथा अनुसन्धानको केन्द्र बन्न सफल भएको छ भने अर्काेतिर शैक्षिक हिसाबले पनि यो क्षेत्र त्यतिकै महत्वपूर्ण मानिन्छ । यहाँ विभिन्न ऋषिमुनिहरुले तपस्या गरेका तपोभूमिहरु पनि भेटिन्छन । नेपाली भाषाको सबैभन्दा प्राचिन शिलालेख किर्तिखम्ब पनि यही रहेको छ । शिलालेखका साथै कयौं मठमन्दिर, शिवालाय, देवालय, पाटी, पौवा, धारा, विरखम्बा, गडी, नाउला जस्ता सांस्कृतिक तथा पुरातात्विक धरोहरहरु रहेका छन । त्यसैकारण यस दुल्लू क्षेत्रलाई शिक्षा, संस्कृति तथा भाषाको उद्गम स्थलको रुपमा लिइन्छ ।
यो सबै इतिहासलाई मध्यनजर गर्दै यस द्रोणाचल क्याम्पसले दुर्गम विकट पहाडी ठाउँमा बसोबास गर्ने, आर्थिक स्थिति कमजोर भएका समुदायका मानिसहरुलाई सस्तो, सुलभ र गुणस्तरीय शिक्षा प्रदान गर्नका लागि आफ्नो स्पस्ट उद्देश्य ,लक्ष्यका साथ अगाडि बढिरहेको छ । शिक्षा प्रति सकारात्मक भावना भएका यस क्षेत्रका राजनितिक कर्मी, शिक्षक, बुद्दिजिवी, समाजसेवी, चन्दादाताहरुको अथक प्रयासबाट मुनाफारहित यस सामुदायिक क्याम्पसको स्थापना भएको हो । गाविस, जिविसको पट्के अनुदान तथा विद्यार्थीहरुको नियमित शुल्कबाट हाल यो क्याम्पसको संचालन भएको छ । मुख्य गरेर यस क्याम्पसको नियमित र भरपर्दो स्रोत भनेको नै विद्यार्थीको शुल्क भएको छ । त्यसकारण क्याम्पसको आम्दानी भनेको विद्यार्थीको संख्यामा भर पर्दछ । तरयहाँका अधिकांस अभिभावकहरुको आर्थिक अवस्था कमजोर भएकोले धेरै महंगो शुल्क लगाउन पनि कठिनाई परेको छ जसले गर्दा प्रयाप्त मात्रामा भौतिक पूर्वाधार निर्माण गर्न तथा गुणस्तरीय शिक्षा प्रदान गर्नमा समेत बाधा पुगेको पाइन्छ । नेपाल सरकारका अन्य कुनै निकाय तथा संघसंस्थाहरुको क्याम्पसलाई सहयोग गर्ने वातावरण नभएको अवस्थामा विद्यार्थीबाट उठेको शुल्कबाट मात्र सम्पूर्ण संस्थाको व्यवस्थापन गर्न कठिनाई परिरहेको अवस्थामा विश्वविद्यालय अनुदान आयोगले गरेको सहयोग अतुलनीय बनेको छ । विश्वविद्यालय अनुदान आयोगबाट नियमित प्राप्त हुने रकमका साथै द्रोस्रो उच्च शिक्षा परियोजना (क्ज्भ्ए) अन्तर्गत प्राप्त भएकोएभचायचmबलअभ न्चबलत र ःबतअजष्लन न्चबलत बाट पनि क्याम्पसको शैक्षिक गुणस्तर सुधार र भौतिक पूर्वाधार सुधारमा महत्वपूर्ण सहयोग पुगेको छ । पुनः विश्वविद्यालय अनुदान आयोगबाट ज्भ्च्ए को लािग पनि यो क्याम्पस छनौट भएको छ । शैक्षिक, भौतिक तथा आर्थिक हिसाबले शिशु अवस्थामा रहेको यस क्याम्पसलाई शैक्षिक तथा अन्य विकासको अग्रगतिमा बढाउनमा विश्वविद्यालय अनुदान आयोगको महत्वपूर्ण भूमिका रहेको छ । विभिन्न समस्या, चुनौतिका बाबजुत यस क्याम्पसले आफ्ना सम्पूर्ण गतिविधिहरु अगाडि बढाउदै शैक्षिक गुणस्तर वृद्धि गर्न निरन्तर लागिरहेको छ र लागिरहने छ । हाल यस क्याम्पसले शिक्षाशाास्त्र संकाय अन्र्तगत ६ वटा (अंग्रजी, गाणित, नेपाली, जनसंख्या, स्वास्थ्य र राजनीतिशास्त्र) विषय र बी.बी.एस.को सम्बन्धन प्राप्त गरी नियमित रुपमा पठन पाठन संचालन गरेको छ । भने निकट भविष्यमा नै स्नातकोत्तर कक्षा संचालन गर्ने उद्धेश्य राखेको छ ।

Leave a Reply