Rules & Regulation

द्रोणाचल क्याम्पस दुल्लू दैलेखका नीति नियमहरु:

(Rule and Regulation of Dronachal Campus)

कनै पनि संस्थालाई व्यवस्थित, मर्यादित र सुचारु रुपले संचालन गर्नको लागि निश्चित नीति नियमहरुको तर्जुमा गर्नु पर्ने हुन्छ । त्यसैले त्रिभुवन विश्वविद्यालयको ऐन नियम, क्याम्पसको विधान तथा प्रचलित नियम कानुनको उल्लंघन नहुने गरी यस क्याम्पसलाई व्यवस्थित रुपमा संचालन गर्नको लागि यस क्याम्पसमा कार्यरत हामी सबै प्राध्यापक, कर्मचारी र विद्यार्थीहरु संंयुक्त रुपमा बसी आपसी सल्लाह अनुसार यि तल उल्लेखित नीति नियम र आचारसंहिता मान्न र मनाउन मन्जुर छौ भनि आ–आफ्नो तर्फबाट प्रतिबद्धता जाहेर गरेका छौ ।

प्राध्यापक तथा कर्मचारीका लागि नीति नियम वा आचारसंहिता

  • क्याम्पसले सबैभन्दा पहिले त्रिभुवन विश्वविद्यालयको बार्षिक क्यालेण्डरलाई आधार मानी बार्षिक शैक्षिक क्यालेण्डर तयार गरी सोही अनुसार शैक्षिक तथा अन्य क्रियाकलाप संचालन गर्नुपर्ने छ ।
  • प्रध्यापकहरुले सबभन्दा पहिले क्याम्पसले बनाएको नीति नियम तथा बार्षिक कार्ययोजना भित्र रही अध्ययन अध्यापन कार्य गर्नुपर्दछ ।
    ड्ड क्याम्पसले बनाएको शैक्षिक समय तालिका अनुसार कक्षाकोठामा प्रवेश गरिसक्नुपर्दछ । कक्षा कोठामा शिक्षण गर्दा अनिवार्य रुपमा पाठयोजना र शैक्षिक सामाग्री साथमा हुनु पर्दछ ।
  • क्याम्पसको विधान अनुसार तोकिएको दैनिक पाठयभार अनिवार्य रुपमा पुरा गर्नुपर्दछ र त्यो बाहेकको समयमा स्व–अध्ययन र अनुसन्धानमुलक कार्यमा लाग्नु पर्ने छ ।
  • कर्मचारीले आफुले जिम्मा लिएको शाखाको काम समयमै सम्पन्न गर्नुपर्ने छ ।
  • लिखित वा मौखिक जानकारी विना कुनै प्राध्यापक तथा कर्मचारी अनुपस्थित हुन पाइने छैन यदि जानकारी विना अनुपस्थित भएमा नियमानुसार कारबाही गरिने छ ।
  • अनिवार्य रुपमा क्याम्पसले तोकेको पोशाक लगाउने पर्ने छ । र हप्ताको शुक्र पोशाक लगाउन खुला गरिने छ
    ड्ड कुनै पनि प्राध्यापक, कर्मचारीले क्याम्पस हाताभित्र धुम्रपान, मदिरा तथा अन्य कानुनले प्रतिवन्ध गरेका चिज बस्तुको सेवन गर्न पाइने छैन ।
  • क्याम्पसको हितविपरित वा अहित हुने कुनै काम कोही कसैबाट पनि गर्न पाइने छैन यदि सो भएमा कानुन बमोजिम कारबाही गरिने छ ।

विद्यार्थीका लागि नीति नियम वा आचारसंहिता

  • क्याम्पसमा भर्ना नगरी कुनै पनि विद्यार्थी क्याम्पस हाताभित्र प्रवेश गर्न पाउने छैन ।
  • भर्ना गरिसके पछि अनिवार्य रुपमा परिचय पत्र साथमा ल्याई क्याम्पस प्रवेश गर्नुपर्ने छ ।
  • क्याम्पसमा प्रवेश गर्दा तोकिएको पोशाक लगाई निर्धारित समयभित्र प्रवेश गर्नुपर्ने छ ।
  • क्याम्पस हाताभित्र धुम्रपान, मदिरा तथा अन्य कानुनले प्रतिवन्ध गरेका चिज बस्तुको सेवन गर्न पाइने छैन ।
  • क्याम्पसको हितविपरित वा अहित हुने कुनै काम कोही कसैबाट पनि गर्न पाइने छैन यदि सो भएमा कानुन बमोजिम कारबाही गरिने छ ।
  • क्याम्पसमा गाली गलौज, अपशब्द बोल्ने, एक आपसमा जिस्क्याउने, झैझगडा गर्न पाइने छैन यदि सो गरेको पाइएमा नियमानुसार कारबाही गरिने छ ।
  • कक्षा कोठामा दिएका सम्पूर्ण शैक्षिक क्रियाकलापहरु अनिवार्य पुरा गर्नुपर्ने छ र कुनै कक्षा खाली भएको ठाउँमा अतिरिक्त शैक्षिक गतिविधिमा लाग्नुपर्ने छ ।
  • क्याम्पसको हाताभित्र जथाभावी फोहोर गर्न पाइने छैन र सबै मिलेर सरसफाई गर्नुपर्दछ ।
  • विद्यार्थीले कुनै प्राध्यापक तथा कर्मचारीलाई जथाभावी होच्याउने, अश्लिल शब्द प्रयोग गर्ने गाली गलौज गर्न पाइने छैन ।
  • कुनै विद्यार्थीले शैक्षिक तह पुरा नगरी क्याम्पस छोडी अर्काे क्याम्पसमा जान चाहेमा जानु पूर्व क्याम्पसमा जानकारी दिनुपर्दछ ।
  • क्याम्पसमा विद्यार्थी संघ संगठनले कुनै पनि कार्यक्रम राख्दा एक अर्कालाई असर पर्ने जस्ता शब्दहरुको प्रयोग गर्न पाइने छैन ।
  • क्याम्पसमा कुनै नारा, जुलुश, धर्ना तथा विरोध सभा, बन्द, हडताल जस्ता उच्श्रृखल कार्य गर्न पाइने छैन यदि त्यस्ता घट्नाबाट कुनै क्षति भएमा कानुन बमोजिम कारबाही गरिने छ । तर शान्तिपूर्ण तरिकाले माग राख्न भने बाधा पुग्ने छैन ।
  • क्याम्पसको कक्षाकोठामा मोबाइलको प्रयोग गर्न पाइने छैन ।

पुस्तकालय सम्बन्धि नीति नियमहरु

  • खरिद गरिएका पुस्तकहरु अनिवार्य रुपमा नम्बर अनुसार दर्ता गराउनु पर्दछ ।
  • पुस्तकालयको प्रयोग गर्दा विद्यार्थीहरुले अनिवार्य रुपमा पुस्तकालय परिचय पत्र बनाउनु पर्दछ र एक पटक बढीमा २ वटा पुस्तक लिन पाइने छ ।
  • पुुस्तक लिएको मितिले १० दिन भित्र उक्त पुस्तक फिर्ता गर्नुपर्दछ र अर्काे पुस्तक पुनः लिन सकिन्छ । यदि तोकिएको मिति भित्र पुस्तक फिर्ता नगरेमा १ हप्ताको लागि प्रति दिन ५० पैसा, २ हप्ताको लागि प्रति दिन १ रुपैया, १ महिनाको लागि प्रति दिन १.५० रुपैया र सो भन्दा पनि ढिलो बुझाएमा प्रति दिन २ रुपैयाका दरले जरिवाना लाग्ने छ ।
  • पहिले लिएको पुस्तक पुस्तकालयमा नबुझाएसम्म अर्काे पुस्तक लिन पाइने छैन
  • भर्ना नभएको विद्यार्थीले पुस्तकालयको सेवा पाउने छैन । पुस्तकालय भित्र झोला वा अन्य सामान लिएर प्रवेश गर्न पाइने छैन ।
  • पुस्तकालयबाट लिएको पुस्तकमा कुनै केरमेट गर्न वा च्यात्न पाइने छैन यदि केरमेट वा च्यातिएको भए अर्काे नयाँ पुस्तक सोध भर्ना गर्नुपर्ने छ ।
  • पुस्तकालयबाट लिएको पुस्तक हराएको खण्डमा अर्को पुस्तक वा सो बराबरको वा दोब्बर रकम असुल उपुर गरिने छ ।
  • पाठयपुस्तक बाहेक सन्दर्भ सामाग्रीहरु घरमा लिन पाइने छैन, पुस्तकालयमा बसेर अध्ययन गर्नुपर्ने छ ।
  • पुस्कालयमा कुनै हल्ला, मोबाइलको प्रयोग गर्न पाइने छैन ।
  • पुस्तकालयमा बसेर अध्ययन गर्दा पुस्तक जुन ठाउँबाट झिकिएको हो सोही ठाउँमा राख्नु पर्दछ ।

समग्रमा क्याम्पस परिवार तथाा अन्य सरोकारवालाहरुको लागि नीति नियम

  • क्याम्पसमा गठित अन्य शाखा तथा उपसमितिहरुले आफ्नो कार्य विवरण (त्इच्) मा भएका सम्पूर्ण कार्यहरु गर्नु पर्ने छ अन्यथा कार्यसम्पादनको आधारमा कारबाही गरिने छ ।
  • क्याम्पस संचालक समितिको बैठक, स्टाफ बैठक तथा अन्य उपसमितिका बैठक नियमानुसार नियमित रुपमा बसाल्नु पर्ने छ ।
  • क्याम्पसको हातभित्र कुनै पनि पशुचौपायहरु छाडा रुपमा छोड्न पाइने छैन । यदि कसैले जथाभावी पशु चौपाय छोडी क्षति पुरयाएमा क्षतिको आधारमा जरिवाना लगाइने छ ।
  • क्याम्पसको हाताभित्र रहेको कुनै पनि चलअचल सम्पति तथा रुखविरुवा घाँस दाउरा अनुमति विना काटमास गर्न, चलाउन पाइने छैन ।
  • सामान्यतया क्याम्पस आइतबारदेखि शुक्रबार सम्म संचालन हुनेछ र शनिबार तथा अन्य सार्वजनिक बिदाको दिनमा बन्द रहने छ ।
  • तोकिएको समय भित्र क्याम्पसका सम्पूर्ण स्टाफ तथा विद्यार्थीहरु क्याम्पस हाताभित्र प्रवेश गरिसक्नु पर्ने छ ।
  • क्याम्पसलाई सफा, शुन्दर र हरियाली वातावरण बनाउन हामी सबैको कर्तव्य भएकोले सो को सबैले आ–आफ्नो क्षेत्रबाट सहयोग गर्नु पर्नेछ ।
  • माथि उल्लेखित नीति नियम बाहेक क्याम्पसको अहितमा हुने कोही कसैले काम गरेमा कानुन बमोजिम कारबाही हुने छ ।

Leave a Reply