Future Plan

समुदायको विकासको लागि क्याम्पसको भावी योजना

समग्र समुदायको विकासका लागि शैक्षिक संस्थाहरुको अहम भूमिका रहने कुरामा दुइमत हुन सक्दैन । जवसम्म समुदायमा शिक्षाको विकास हुन सक्दैन तवसम्म समुदायले कुनै पनि क्षेत्रमा अग्रता लिन सक्दैन । त्यसैकारण विद्यालय शिक्षा प्राप्त गरिसकेका विद्यार्थीहरुलाई उच्च शिक्षा प्रदान गरी उत्पादित जनशक्तिलाई स्वरोजगारमुलक बनाई समाजको आर्थिक विकासमा अग्रणी भूमिका निर्वाह गराउनमा क्याम्पसको निम्नानुसारको भावी योजना रहेको छ :

  • सैदान्तिक शिक्षालाई व्यवहारमा लागु गरी शिक्षालाई जीवनोपयोगी बनाउनमा सहजीकरण गरिने छ ।
  • अतिरिक्त शिक्षामा बढी जोड दिइने छ ।
  • उच्च शिक्षा प्रदान गरीसकेपछि सरकारी नोकरीमा मात्र आधारित नभई व्यवसायमा संलग्न भई स्वरोजगार बन्न सहजीकरण गरिने छ ।
  • विद्यार्थीहरु मार्फत समुदायका सबै मानिसहरुलाई स्वरोजगार बन्नमा सहजीकरण गर्न लगाइने छ ।
  • प्रयोगात्मक अभ्यासका लागि प्रत्यक्ष रुपमा समुदायमा गएर अध्ययन, अवलोकन गरेर यथार्थ बस्तुस्थितिको विश्लेषण गरी उनीहरुलाई अभिमुखीकरण गर्न लगाउने ।
  • चाड पर्व, विभिन्न अवसर समारोहमा हुने सामाजिक विकृतिहरु हटाउनका लागि विद्यार्थीहरुलाई आ–आफ्नो समुदायमा जिम्मेवारी बहन गर्न लगाउने ।

क्याम्पसमा समुदायको संलग्तामा बृद्धि गर्ने योजना:
क्याम्पसको समग्र विकासका लागि क्याम्पस संचालक समिति तथा क्याम्पस प्रशासन एक्लैले मात्र सम्भव हुदैन त्यसैकारण सबै बर्ग समुदायको अहम भूमिका रहने गर्दछ । यसको लागि सेवा क्षेत्रका समुदायको संलग्नता अनिवार्य र अपरिहार्य रहेको छ ।

  • क्याम्पसको साधारण सभा तथा क्याम्पस संचालक समितिलाई अफै बढी समावेशी र सहभागितामुलक बनाइने छ ।
  • सर्वसम्मतबाट संचालक समितिको चयन गर्नमा पहल गरिने छ ।
  • क्याम्पसका हरेक गतिविधिमा समुदायको सहभागिता गराइने छ । र निरन्तर सम्पर्क र समन्वय गरिने छ । यसको लागि क्याम्पसको तर्फबाट फोकल पर्सन नै तोकिने छ ।
  • क्याम्पसको भौतिक, आर्थिक र शैक्षिक नतिजाको बारेमा अभिभावकहरुलाई समयसमयमा जानकारी गराइने छ ।
  • आर्थिक पारदर्शिता र शैक्षिक गुणस्तरलाई परिणाममुखी बनाई अभिभावकहरुलाई विश्वस्त बनाइने छ ।
  • अभिभावक शिक्षा प्रदान गर्ने कार्यक्रमको शुरुवात गरिने छ ।

Leave a Reply