Chalangs

क्याम्पसको समस्या तथा चुनौतिहरु (Issue & Chalanges)
कुनै पनि संस्था स्थापना गर्दा, स्थापना गरीसकेपछि त्यसको विकास गर्ने क्रममा विभिन्न समस्या र चुनौतिहरु देखापर्दछन । यस द्रोणाचल क्याम्पसले स्थापनाकालदेखि नै विभिन्न समस्या तथा चुनौतिहरु झेल्दै आएको छ । ति समस्या र चुनौतिका बावजुद पनि भौतिक, आर्थिक स्रोतको व्यवस्थापन गरी शैक्षिक गुणस्तर कायम गर्न सक्षम भएको छ । यि समस्याहरुलाई निम्नानुसार वर्गिकरण गर्न सकिन्छ

छोटो समयावधिका चुनौतिहरु (Short Term Chalangs):

  • विद्यार्थी भर्ना दरमा कमी आएको ।
  • राजनैतिक अस्थिरता, खिचातानी तथा भागबण्डाको समस्यालाई व्यवस्थापन गर्न समस्या ।
  • विद्यार्थीको नियमितता तथा बीचैमा कक्षा छोड्ने समस्यालले गर्दा उत्तीर्ण प्रतिशत पनि कम हुने, कक्षा नियमित रुपमा संचालन गर्न, आन्तरिक परीक्षा संचालन गर्न र विद्यार्थी संग बसेर आवश्यक नीतिनियम बनाउन पनि कठिनाई हुने गर्दछ ।
  • अपेक्षित उत्तीर्ण दरमा वृद्धि हुन नसकेको ।
  • सेवाकालीन तालिमको व्यवस्था नहुनुले समयसमयमा पाठयक्रममा हुने फेरबदल, शिक्षा नीतिनियममा हुने परिवर्तन, परीक्षा प्रणालीमा आएको परिवर्तन जस्ता गतिविधिले गर्दा अध्यापन गराउन समस्या ।

लामो समयावधिका चुनौतिहरु Long Term Chalangs):

  • आर्थिक, भौतिक पूर्वाधार तथा जनशत्तिक्तका अभावका कारण प्राविधिक विषयको स्वीकृत प्राप्त गरी संचालनमा समस्या ।
  • थप संकाय तथा विषय विस्तार ।
  • उत्पादित जनशक्तिलाई समयानुकुल प्रतिष्पर्धी र विकी्र योग्य जनशत्तिक्तको रुपमा स्थापित गर्नु ।
  • भरपर्दाे र नियमित आर्थिक स्रोतको अभावले गर्दा क्याम्पसको स्थायित्वमा समस्या ।
  • भौतिक पूर्वाधार निर्माण जस्तै ःप्रशासनिक भवन, पुस्तकालय भवन, प्राध्यापक आवास गृह, खेलमैदान तथा छात्राबासको अभाव ।

समस्या तथा चुर्नातिहरु हल गर्न गरिएका प्रयासहरु

  • भर्ना दर बृद्धि गर्न
    क्रमश विद्यार्थीको भर्ना दरमा कमी आइरहेकोले भर्ना दर बृद्धि गर्नको लागि नर्या भर्नालाई एक अभियानको रुपमा लिइने छ र व्यापक प्रचार प्रसार गर्न सुचनाका सबै स्रोतहरुलाई अवलम्बन गरिने छ । उच्च शिक्षा तर्फ बढी आकर्षण गर्नको लागि पढाइमा गुणस्तर कायम गर्न अतिरिक्त कक्षा संचालन, शैक्षिक सामाग्रीको व्यवस्थापन, पुस्तकालयको व्यवस्था, छात्रवृतिको व्यवस्था समेत गरिने छ ।
  • राजनैतिक व्यवस्थापन
    देशमा अस्थिर राजनैतिक परिपाटीको विकास भइरहेकोले राजनीतिमा स्थायित्व स्थापित हुन नसकेकोले त्यसको असर प्रत्येक संघसंस्थामा पर्नु स्वभाविकै हो । यस्तो परिस्थितिको सामना गर्दै यस क्याम्पसले पनि सबै राजनैतिक दल, जनप्रतिनिधि, समाजसेवी, बुद्धिजीवि, पत्रकार सबै सरोकारवालाहरुसंग निरन्तर रुपमा सम्पर्क र समन्वय गर्दै आइरहेको छ र अझै आगामी दिनहरुमा पनि निरन्तरता दिदै जाने छ । क्याम्पस संचालक समितिको गठन देखि लिएर क्याम्पसले गर्ने सबै किसिमका कार्यक्रमहरुमा समेत सबैको सहभागिता गराउदै आइरहेको छ ।
  • दलित, जनजाती, छात्रा तथा पिछडिएको समुदायको सहभागितामा वृद्धि :  क्याम्पसमा दलित जनजाती तथा पिछडिएका समुदायका बालबालिकाको भर्ना दर बढाउनको लागि विशेष छात्रवृतिको पनि व्यवस्थापन गरिएको छ भने तिनिहरुलाई अतिरिक्त कक्षा संचालन गर्ने व्यवस्था पनि गर्न लागिएको छ । तुलनात्मक रुपमा छात्राको भर्ना दर बढदो क्रममा छ भने अन्य दलित जनजातीको पनि भर्ना दर क्रमश बढ्दो क्रममा रहेको छ ।
  • बीचैमा कक्षा छाड्ने र दोहोरयाउने
    भर्ना भइसकेका विद्यार्थीहरुको बीचैमा पढ्न छोड्ने दर घटाउनको लागि अभिभावकहरु संग अन्तक्रिया गरिने छ भने स्वयम विद्यार्थीहरुलाई पनि बीचैमा कक्षा छोड्ने कारणको खोजी गरी त्यसमा निरुत्साहित गरिने छ ।
  • उत्तीर्ण दरमा बृद्धि गर्न
    हालको उत्तीर्ण दरमा बृद्धि गर्नको लागि नियमित कक्षा संचालन, आन्तरिक परीक्षा संचालन गरी नतिजाको आधारमा छात्रवृति तथा पुरस्कारको व्यवस्था, अतिरिक्त कक्षा संचालन, विषयगत र दक्ष शिक्षकको व्यवस्था, समयसमयमा तालिम, गोष्ठी, सेमिनार आयोजना, पुस्तकालयको व्यवस्था, सुचना प्रविधिको अधिकतम प्रयोग गरिने छ । विद्यार्थीलाई अनुशासित, लगनशिल र नियमित बनाइने छ ।
  • सुचनामा पहुँच :  क्याम्पसमा कार्यरत प्राध्यापक, कर्मचारी तथा विद्यार्थीहरुलाई सुचनामा सजिलै पहुच पुरयाउन क्याम्पसमा कम्प्युटर ल्याव, पुस्तकालयको व्यवस्थापनका साथै वाचनालय, इन्टरनेटको पनि व्यवस्था गरी सर्व सुलभ तरिकाले राष्ट्रिय तथा अन्तराष्ट्रिय सुचनाहरु प्राप्त गर्न सक्ने व्यवस्था गरिएको छ ।
  • प्राविधिक विषय संचालन
    हाल संचालनमा रहेका विषहरुको अध्यापन कार्यलाई निरन्तरता दिनुका साथै समयसान्दर्भिक प्राविधिक विषयको नयाँ थप सम्बन्धन प्राप्त गरी अध्यापन गर्नको लागि आवश्यक भौतिक पूर्वाधारको विकास, आर्थिक स्रोत तथा जनशक्तिको व्यवस्थापन गरिने छ । यसको लागि नेपाल सरकार, स्थानीय निकाय, राजनैतिक दल, समाजसेवी, बुद्धिजीवि, विद्यार्थी, अभिभावकहरु संग समन्वय गरिने छ ।
  • तह÷संकाय÷कक्षा विस्तार
    हाल बी.एड. र बीबीएस मात्र संचालन गर्दै आइरहेकोमा अन्य संकायको पनि थप सम्बन्धन ल्याइने छ । जस्तै ः बी.ए. बी.एस.सी आदी । त्यस्तै स्नातक तहका कक्षा संचालनमा रहेकोमा स्नातकोत्तर तहका कक्षा पनि संचालन गरी विद्यार्थीहरुलाई अनुसन्धानमुलक क्रियाकलापमा संलग्न गराइने छ ।
  • योग्य र दक्ष जनशक्तिको उत्पादनमा जोड
    क्याम्पसबाट उत्पादित जनशक्ति प्रतिष्पर्धामा सफलता प्राप्त गर्न सक्ने बनाउनको लागि राम्रो नतिजा ल्याएर उत्तीर्ण गराउनमा जोड दिइने छ । उत्तीर्ण मात्र हुने भन्दा पनि बढी भन्दा बढी अंक ल्याउन पर्छ भन्ने भावना जागृत गराइने छ । यसको लागि विद्यार्थीलाई पढाइ प्रति जागरुक, लगनशिल र व्यवहारिक बनाइने छ । जसले गर्दा पछि गएर स्वरोजगारमुलक क्रियाकलापमा पनि संलग्न हुन सकछन । उनीहरुलाई पढाईमा निरन्तर लागि पर्न र अध्ययनका अलवा अतिरिक्त क्रियाकलाप र अनुसन्धान मुलक कार्यमा बढी सक्रिय बनाइने छ । अध्ययन अध्यापन कार्यलाई अझै प्रभावकारी बनाउन शैक्षिक सामाग्री तथा दक्ष प्राध्यापकहरुको व्यवस्था गरिने छ । निरन्तर मूल्यांकन प्रणालीलाई अवलम्बन गरिने छ ।
  • आर्थिक स्रोतको व्यवस्थापन: समुदाय स्तरबाट संचालित क्याम्पस भएकाले आंगिक क्याम्पसको जस्तो नेपाल सरकार तथा त्रिभुवन विश्वविद्यालयबाट कुनै अनुदान रकम प्राप्त नहुने र विद्यार्थी शुल्कबाट उठेको रकमबाट क्याम्पसका गतिविधि संचालन गर्नुपर्ने अवस्था छ । कहिलेकाही स्थानीय निकाय जिविस, गाविसबाट अनुदान प्राप्त हुने, विश्वविद्यालय अनुदान आयोगबाट पनि सहयोग प्राप्त हुने गर्दछ तर यसरी प्राप्त हुने रकम निश्चित कार्यक्रमको लागि खर्च गरिने हँुदा नियमित रुपमा तलब भत्ता तथा अन्य दैनिक प्रशासनिक खर्चको लागि भरपर्दाे स्रोतको अभाव रहेकोले विद्यार्थीको शुल्क नै भरपर्दाे आर्थिक स्रोत भएको ठानी विद्यार्थीलाई विभिन्न सेवासुविधा प्रदान गरी, शैक्षिक गुणस्तर वृदि गरी भर्नादर बढाउने नीति अवलम्बन गरिएको छ । र आर्थिक मितव्ययीता र पादर्शितालाई अवलम्बन गरिने छ । जसले गर्दा क्याम्पसको स्थायित्व हुन सकोस ।
  • भौतिक पूर्वाधार तथा शैक्षिक सामाग्रीको व्यवस्थापनः विद्यार्थीको शुल्कबाट क्याम्पसको दैनिक तथा प्रशासनिक क्रियाकलाप संचालन गर्नुपर्ने भएकाले आवश्यक पर्ने भवन, शौचालय, फर्निचर, खेलमैदान, पर्खाल जस्ता पूर्वाधारको निर्माण गर्दा जिविस तथा गाविस संग गुहार माग्ने गरिएको छ भने विश्वविद्यालयअनुदान आयोगमा पनि प्रस्तावना पेश गरी सहयोग प्राप्त गर्न सफल भइएको छ । त्यसैगरी भारतीय राजदुताबासमा पनि प्रोपोजल पेश गरिएको छ ।
  • शैक्षिक गुणस्तर सुनिश्चितता:  विश्वविद्यालय अनुदान आयोगको दोस्रो उच्च शिक्षा परियोजना अन्तर्गत भौतिक पूर्वाधारको निर्माण, शैक्षिक संस्थाको उचित व्यवस्थापन तथा शैक्षिक गुणस्तर सुधार गरी त्तब्ब् प्राप्त गर्न क्याम्पसको आन्तरिक व्यवस्थापन सुदृढ गर्न नियमित स्टाफ बैठक, संचालक समितिको बैठक, विभाग गठन, अनुगमन, सुपरीवेक्षण र आवश्यक पृष्टपोषण, नियमित पठनपाठन, अतिरिक्त क्रियाकलाप संचालन, समुदायसंग निरन्तर सम्पर्क र समन्वय, सुचना अभिलेखहरु चुस्तदुरुस्त बनाउने, क्याम्पसको वातावरण हरियाली बनाउने, विद्र्याीहरुको त्चबअभच क्तगमथगर्ने जस्ता कार्यहरु भइरहेका छन ।त्तब्ब्प्राप्त गर्नको लागि विश्वविद्यालय अनुदान आयोगमाीयक्ष् स्वीकृति गराई क्क्च् च्भउयचतकार्यक्रम अघि बढिरहेको छ ।
  • सेवाकालीन तालिमको व्यवस्थाः विद्यालय शिक्षा जस्तो क्याम्पसमा प्राध्यापनरत शिक्षकहरुलाई समयसमयमा सेवाकालीन तथा पुनर्ताजगी तालिम संचालन गरेको पाइदैन । तर क्याम्पसले गुणस्तरीय शिक्षा प्रदान गर्नका लागि यहाँ कार्यरत प्राध्यापकहरुलाई सेमिनार, गोष्ठी तथा विभिन्न अनुसन्धान मुलक लेख रचनामा केन्द्रित गराएको छ । तालिम प्रदान गराउनको लागि त्यस्ता संस्थाको खोजी गरी आवश्यक समन्वय गरिनेछ ।
  • क्याम्पसमा आवश्यकता अनुसार पूर्णकालीन शिक्षक तथा कर्मचारीको व्यवस्थापनः क्याम्पस संग प्रयाप्त मात्रामा आर्थिक स्रोत नभएका कारण चाहेजति कर्मचारी तथा शिक्षक भर्ना गर्न सकिएको छैन र आंशिक शिक्षकहरुबाट पनि काम चलाउनु परेको छ । यसको लागि क्रमश आर्थिक स्रोत हेरी पूर्णकालीन शिक्षक तथा कर्मचारीको व्यवस्थापन गर्दै लगिएको छ । विद्यार्थीको भर्ना दर बढाइने गतिविधि संचालन गर्नुका साथै शुल्कमा पनि समयानुकुल संशोधन गरिदै लगिने छ ।

Leave a Reply